काठमाडौँमै दिउँसै घरधनीसहित ३ जनालाई बाँधेर लुटपाट

देशकै राजधानी काठमाडौँ । शान्ति सुरक्षाको दृष्टिकोणले सबैभन्दा सुरक्षित ठाउँ।  तर, मूर्खको औषधि हुदैन भने झैँ अपराधिक मानसिकता भएकाहरुले कडा शान्ति सुरक्षालाई पनि चुनौती दिन पछि पर्दैनन्।

गत चैत २६ गते, बिहान साढे ११ बजे।  काठमाडौंको रानीबारी लालेन्द्र शेरचनको घरमा यस्तो एउटा घटना भयो। चोरहरुको एउटा समुह उनको घरमा प्रवेश गर्यो। उनीहरुले घरधनी शेरचनसहित भानुदेवी शेरचेन र घरको रेखदेख गर्ने मिठ्ठु थकाली समेतलाई धारिलो हतियार देखायो।  त्यसपछि उनीहरुको हात खुट्टा तथा मुखमा टेप बाँधियो। त्यसपछि उनीहरुले उक्त घरमा लुटपाट मच्चाए। उनीहरुले ५ लाख ६० हजार रुपैयाँ बराबरको धनमान लुटेर भागे।

तर, उनीहरुको मिसन लामो लामो समय भने टिक्न सकेन।  महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लियो । पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरी–८ घर भएका ३८ वर्षी नवराज तामाङ, नैकाप घर भएका २८ वर्षी दिनेश भन्ने सन्त बहादुर तामाङ र मातातिर्थ घर भएका ३६ वर्षी बिक्रम श्रेष्ठ छन् ।

प्रहरीले उनीहरुबाट सुनको तिलहरी, बा २ ख ३०६१ नम्बरको ट्याक्सी तथा बा ३ च ७१६४ नम्बर स्पोर्टेज जीप बरामद भएको छ ।