श्रीलंकामा भएको बिस्फोटप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको बम बिस्फोटको घटनाप्रति दुःख व्यक्त गरेका छन्। आइतबार श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई एक समवेदना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘आइतबार बिहान श्रीलंकका विभिन्न सार्वजनिक स्थानहरुमा भएको श्रृंखलावद्ध वम आक्रमणमा परी कैयौं निर्दोषहरुले जीवन गुमाउनु परेको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ।’

प्रधानमन्त्री ओलीको सन्देशमा नेपाल सरकारले मानवता विरोधी जघन्य घटनाको भत्र्सना गरेको उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीले नेपाल सरकार र सम्पूर्ण नेपाली जनताको तर्फबाट घटनाका मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

श्रृंखलाबद्ध विस्फोटमा परी १९० जनाको ज्यान गईसकेको छ । झण्डै ५ सय भन्दा बढी घाइते भएका छन् । उक्त हमलाको संसारभरबाट निन्दा तथा भत्र्सना भईरहेको छ ।