सेनाद्वारा चैतमा कोभिडका कारण मृत्यु भएका ४३ जनाको शव व्यवस्थापन

सेनाद्वारा चैतमा कोभिडका कारण मृत्यु भएका ४३ जनाको शव व्यवस्थापन


नेपाली सेनाले गत चैत महिनामा मात्रै कोभिड संक्रमणका कारण मृत्यु भएका ४३ जनाको शव व्यवस्थापन गरेको छ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले सर्वाधिक उपत्यका पृतनाले २९ वटा शव व्यवस्थापन गरेको बताए।

उनका अनुसार पूर्वी पृतना र मध्यपूर्वी पृतनाले १/१ जना, पश्चिम पृतना र सुदूरपश्चिम पृतनाले २/२ जना, मध्य पृतनाले ३ र मध्यपश्चिम पृतनाले ५ वटा शवको व्यवस्थापन गरेको छ।

धर्म,संस्कृति तथा परम्पराको आधारमा हिन्दू ४० जना र बौद्ध धर्मावलम्बी ३ जनाको शव व्यवस्थापन सेनाले गरेको छ।

९ वटा शव गाडेको, २७ वटा विद्युतीय शवदाह गृहमा जलाएको र ७ वटा शव चितामा जलाएको प्रवक्ता पौडेलले बताए।

नेपाली सेनाले कोडिभ संक्रमणका कारण मृत्युवरण गरेकाहरूको शव व्यवस्थापन गर्दै आएको छ।

Skip This
Logo