ताप्लेजुङका आगलागीपीडितलाई नेपाली कांग्रेसको आर्थिक सहयोग

ताप्लेजुङका आगलागीपीडितलाई नेपाली कांग्रेसको आर्थिक सहयोग


नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले ताप्लेजुङको दोभानलगायतका अग्निपीडितलाई राहत प्रदान गरेको छ। कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङमार्फत दोभानका ६० र अन्य क्षेत्रका गरी ६५ परिवारलाई ६ लाख प्रदान गरेको हो। 

प्रतिपरिवार नौ हजारदेखि १८ हजारका दरले राहत रकम वितरण गरिएको कांग्रेस ताप्लेजुङले जनाएको छ। बिहीबार दोभानबजारमा राहत वितरण कार्यक्रमको आयोजना गरी नगद नै वितरण गरिएको हो। कांग्रेस जिल्ला सभापति लीलादेवी बोखिम, पूर्वसभापति केशव दाहाललगायतले राहत रकम हस्तान्तरण गरेका थिए। केन्द्रीय कार्यसमितिले जिल्ला कार्यसमितिमार्फत वितरण हुने गरी राहत रकम पठाएको थियो । 

यस्तै त्रिचन्द्र कलेजमा अध्ययनरत ताप्लेजुङका विद्यार्थीको अगुवाइमा सङ्कलित ६० हजारसमेत सोही कार्यक्रमका बीच वितरण गरिएको छ। गत फागुन १८ गते भएको आगलागीबाट दोभानका ५० घर जलेर नष्ट भएका थिए भने ६० परिवार विस्थापित बनेका थिए।

Logo