आइपिएलमा चेन्नईको पहिलो जित

आइपिएलमा चेन्नईको पहिलो जित


चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा पहिलो जित हात पारेको छ । चेन्नई पहिलो खेलमा दिल्लीसँग ७ विकेटले पराजित भएको थियो । 

मुम्बईमा भएको खेलमा चेन्नईले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो । १०७ रनको झिनो लक्ष्य चेन्नईले १५ ओभर चार बलमा मात्रै चार विकेटको क्षतिमा भेट्टाएको हो ।

यसअघि पहिले ब्याटिङ्ग गरेको पञ्जाबले ८ विकेटको क्षतिमा १०६ रन बनाएको थियो । उसका लागि शाहरुख खानले ३६ बलमा ४७ रन बनाएका थिए ।

यो सिजन पहिलो जित दर्ता गरेको चेन्नई दुई अंकसहित दोस्रो स्थानमा छ ।

Logo