नेपालको राजनीति क्लाईमेक्समा पुगेको छ : प्रचण्ड

नेपालको राजनीति क्लाईमेक्समा पुगेको छ : प्रचण्ड


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मुलुकको राजनीति क्लाईमेक्समा पुगेको टिप्पणी गरेका छन् । तत्कालिन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच एकता भएपछि सबैतिर खुसीयाली भएपनि प्रतिक्रियावादी र उग्रगुटवादीहरुलाई सहैय नभएको प्रसंग उल्लेख गर्दै उनले तीनै शक्तिको षडयन्त्रको क्वाईमेक्सको रुपमा मुलुकको राजनीति पुगेको टिप्पणी गरे । 

पार्टी निकट शिक्षक संगठनको कार्यक्रममा शनिबार उनले प्रधानमन्त्री केपी ओली निकटका उग्रगुटवादी, प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी र दक्षिणपन्थी सोच भएकाले एकतासंगै सुरु गरेको षडयन्त्र एकीकरण भंग भएसंगै “क्लाईमेक्समा” पुगेको दाबी गरे। उनले मुलुकको राजनीतिक स्थिरता देख्न नचाहने र अस्थिरता निम्त्याउन खोज्ने विरुद्धको प्रतिकारमा आफूहरु लागिरहेको भन्दै छिट्टै त्यसको संकेत गण्डकी र लुम्बिनी प्रदेशमा देखिने दाबी गरे ।

उनले भने“केपी गुटका प्रत्यक्षरुपमा संलग्न केही नेताहरु बाहेक आमरुपमा खुसीयाली थियो ।  नेता भेटियो भन्ने थियो । तर केपी र केपी नजिकका केही उग्रगुटवादीहरुलाई सैह्य भएन र त्यही विन्दुबाट पार्टीभित्र चरम गुटबन्दी र हाम्रा विरुद्ध भ्रामक प्रचारवाजी र षडयन्त्र सुरु भयो । त्यसपछि प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी र दक्षिणपन्थी सोच भएका माछेहरुले यो पार्टीलाई विभाजित गरिछाड्ने षडयन्त्र गरेको र त्यही षडयन्त्रको क्लाईमेक्सको रुपमा अहिलेको राजनीति छ । गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएको र बहुमतले सरकार परिर्वतनका निम्ति अर्को मुख्यमन्त्रीको नामसहित समावेदन प्रस्तुत गरेको छ र समर्थन फिर्ता पनि हामीले लिईसकेका छौं। लुम्बिनीमा पनि सरकार परिर्वतनका निम्ति करिब करिब बहुमतको हस्ताक्षर संकलन भइसकेको छ। अर्कोतिर केन्द्रमा अन्योल र अराजकताको स्थिति अन्त्य गर्नका लागि केन्द्रीयस्तरमा पनि हामी लगातार प्रयास गरिरहेका छन्।”

Logo