लेक लागेर दुई वर्षीय बालकको मृत्यु

लेक लागेर दुई वर्षीय बालकको मृत्यु


पाथीभराको दर्शनमा आएका एक बालकको लेक लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका–८ याङ्नामका दुई वर्षीय बालक उत्सव लिम्बूको शनिबार मृत्यु भएको हो ।

अभिभावकले आफ्ना बालकलाई पाथीभरा दर्शनका लागि लिएर आएका थिए । देवीको दर्शन गर्न जाने क्रममा पाथीभरा क्षेत्रको फेदीबजार नजिक बाटोमै अचानक बेहोस भएपछि बालकलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको र उपचारकै क्रममा बालकको मृत्यु भएको हो ।

यता जिल्ला अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएपछि शव अभिभावक रामबहादुर लिम्बूलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।

विगतमा चिसोका कारण लेक लागेर केही तीर्थयात्रीले ज्यान गुमाएका थिए भने बालकको पनि लेक लागेर नै मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । पाथीभरातीन हजार ७९४ मिटर उचाइमा पर्छ ।

Logo