#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1468838854451066911316482
नेपाल9081

‘भारतीय रियालिटी शो’ मा प्रितम र आयुषले मच्चाए धुम, ‘कलकं’ टिमको प्रशंसा (भिडियो)

पछिल्लो समय ‘भारतीय रियालिटी शो’ हरुमा नेपालीहरुको उपस्थिति बाक्लिदै छ । यसै पंक्तिमा थपिएको अर्को नाम हो, प्रितम आचार्य र आयुष केसी । भारतीय च्यानल जिटिभीबाट प्रशारित चर्चित सिङ्गिङ् शो ‘सारेगमप लिटल च्याम्स’ मा नेपालबाट आयुष र प्रितम टप ११ मा पुगेका छन् । उनीहरुले सारेगमपमा तहल्का मच्चाइरहेका छन् ।

गत हप्ताको सोमा ‘कलकं’ को टिम फिल्म प्रमोसनको लागि पुगेका थिए । बरुण धवन, माधुरी दिक्षित र आलिया भट्टले प्रितमको प्रस्तुतीमा ‘इन्जोय’ मात्र गरेनन् । दिल खोलेर प्रशंसा पनि गरे ।

शोको लागि प्रितमले ‘मे खेलाडी तु अनाडी’ फिल्मको ‘चुराके दिल मेरा..’ गीत गाएर जज र जुरी मेम्बरबाट प्रशंसा बटुले । उनको प्रस्तुती चार्टबस्टर भएको थियो । उनले जुरी मेम्बरहरुबाट पाउने पुर्णाङ्क १०० मा १०० नै पाएका थिए । उनले गीत गाएपछि जज अलाम मल्लिक स्टेजमै आएर उनको प्रशंसा गरेका थिए । ‘गीत संगीतमा एउटा शक्ति हुन्छ । गायकीले मानिसलाई या त रुवाउँछ या त नचाउँछ । यो दुुवै क्षमता प्रितममा भएको’ बताएका छन् ।

माधुरी दिक्षितले प्रितमले गाएको सुनेर उनी ‘परफेक्ट इन्टरटेन’ भएको बताइन् । उनको प्रस्तुतिकरण, अभिव्यक्ति गर्ने शैलीले मन छोएको पनि बताइन् । उता आलिया भट्ट पनि माधुरीको कुरामा सहमत भइन् । प्रितमको गीत सुनेर पुरा आनन्द उठाएको बताइन् । बरुण धवनले प्रितम एकदमै प्रतिभावान भएको र उनलाई बिश्वास नै भइनरहेको बताए ।

प्रितमले अडिसन राउण्डमा सुर र तालको साथ एकदमै फिलसँग उक्त गीत गाएका थिए । उनले जजबाट गोल्डेन मेडल जितेका थिए । कार्यक्रम प्रशारण हुनु भन्दा अघि नै उनले गाएको उक्त गीतको प्रोमो सामाजिक सञ्जालहरुमा भाइरल भइसकेको थियो । सारेगमपमा भाग लिनको लागि उनले कडा मेहनत गरेका थिए ।

१६ बर्ष भन्दा मुनीको बालबालिकाले भाग लिन पाउने उक्त शो फेब्रुअरी ९बाट सुरु भएको हो । इटहरी स्थायी घर भएका प्रितम र भक्तपुर बस्ने सिन्धुपाल्चोकका आयुष केसीले पहिलो एपिसोडमै उधुम नै मच्चाएका थिए । उनीहरुले अडिसन राउण्डदेखि नै आफ्नो गायकीबाट दर्शक र जजहरुको मन जितिरहेका छन् ।

https://www.youtube.com/watch?v=2LjWTGPhFPk&feature=share&fbclid=IwAR2UpkC-iR2fruB8bGquKc0XGrGs0lUecQcMF3x0VpVFE9zs1RXBQ138EFw

 

सम्बन्धित समाचारहरु

ताजा समाचार