लुम्बिनी विकास गुरुयोजनालाई परिष्कृत गर्नु पर्छ : अध्यक्ष तिमिल्सिना

लुम्बिनी विकास गुरुयोजनालाई परिष्कृत गर्नु पर्छ : अध्यक्ष तिमिल्सिना


राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लुम्बिनी विकास गुरुयोजनालाई परिष्कृत गर्नु पर्ने बताएका छन्। आइतबार आफ्नो स्पेन भ्रमणको सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मलेनमा बोल्दै अध्यक्ष तिमिल्सिनाले लुम्बिनी विकास गुरुयोजना पुरानो भइसकेको र धेरै कुरामा परिवर्तन आइसकेको भन्दै लुम्बिनी विकास गुरु योजनामा नयाँ कुरा थप गर्नुपर्ने बताएका हुन्। 

स्पेनमा बन्न लागेको लुम्बिनीले गौतम बुद्धको जन्मभूमि नेपालमा पर्छ भन्ने कुराकै प्रचार प्रसार गर्ने र नेपालमा पर्यटन विस्तार हुने उनको भनाइ छ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले स्पेनमा बन्न लागेको लुम्बिनीले शान्तिको खोजी गर्न बुद्ध जन्मभूमिमा जानुपर्छ र शान्तिको दीप प्रज्वलन नेपालबाट भएको रहेछ भन्ने कुराहरुले विश्वलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे। स्पेनमा संरचना बन्नासाथ सबै त्यहिं जान्छन् भन्ने नरहेको पनि अध्यक्ष तिमिल्सिनाले बताए। 

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना स्पेनको एक्स्त्रेमादुरा प्रदेशका मुख्य मन्त्री गुईलेरम्मो फर्नान्डेज भारको निमन्त्रणा तथा लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा अप्रिल ६ देखि १२ मा सम्पन्न शान्ति सम्मेलनमा सहभागी हुन स्पेन गएका थिए।

Logo