पूर्वराजा स्वदेश फर्कंदा विमानस्थलमा समर्थकहरुको भीड

पूर्वराजा स्वदेश फर्कंदा विमानस्थलमा समर्थकहरुको भीड


निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानन्दजी महाराजको निमन्त्रणामा भारत गएका पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह आइतबार स्वदेश फर्किएका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शाहलाई स्वागत गर्नका लागि ठूलो भीड जम्मा भएको थियो । उनीहरु त्रिभुवन विमानस्थलको गेटमा पुष्पगुच्छा र देशको राष्ट्रिय झण्डा बोकेर बसेका थिए ।

पूर्वराजा शाहको स्वागतमा राजसंस्था र हिन्दूराष्ट्र समर्थकहरूले काठमाडौंमा ¥याली समेत निकालेका थिए। विमानस्थलको भित्री गेटसम्म पुगेका समर्थकहरूले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा, हाम्रो देश’ लगायतका नारा लगाएका थिए । त्यस्तै विमानस्थल परिसरभित्रै पञ्चेवाजासमेत घन्काइएको थियो।

Logo