कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ जनालाई कोरोना संक्रमण

कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ जनालाई कोरोना संक्रमण


वरिष्ठ हास्य कलाकार, मह जोडिका “म” मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठसहित उनको परिवारका पाँच जना सदस्यलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कलाकार श्रेष्ठले सोमबार आफ्नो आधिकारीक सामाजिक सञ्जाल, फेसबुकमार्फत आफू लगायत छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् । 

कोरोना संक्रमण देखिएपछि सास्ती हुने र यसलाई खेलाँची नगर्न उनले सबैलाई आग्रह गरेका छन् । ‘भइसकेपछि सास्ती चाहिं हुने रहेछ, त्यसैले यो भाइरसलाई खेलाँची नगर्नु होला’ उनले लेखेका छन् ।  

आज कलाकार श्रेष्ठको जन्मदिन पनि हो । श्रेष्ठले आफूलाई कहाँबाट संक्रमण सर्यो त्यो भने लेखेका छैनन् । शंकास्पद क्षेत्र पनि खुलाएका छैनन्। तथापि कलाकार श्रेष्ठ केहि दिन अघि मात्र हास्य कलाकार केदारप्रसाद घिमिरेको जन्मदिन मनाउन कार्यक्रममा सरिक भएका थिए। 

Logo