बुलेटिन: एमालेद्वारा नेता नेपालसहित पार्टीका ३२ सांसदसँग स्पष्टीकरण माग(भिडियो)

बुलेटिन: एमालेद्वारा नेता नेपालसहित पार्टीका ३२ सांसदसँग स्पष्टीकरण माग(भिडियो)


हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये
नेकपा (एमाले) ले पार्टीका नेता माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेको छ। पार्टीको आज बसेको केन्द्रीय महाविधेशन आयोजक कमिटीले पार्टी गतिविधि र संसदीय दलको अनुशासन उल्लंघन गरेको आरोपमा २७ सङ्घीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको हो।

नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै बिरामीहरु अस्पताल भर्ना हुने क्रम तिब्रगतिमा बढिरहेको छ। नेपालमा पछिल्लो दुई हप्तादेखि संक्रमितहरुको संख्या तिब्ररुपमा बढिरहेको छ। हाल विश्वमा तीन प्रकारका नयाँ भेरिएन्टका कोरोना विशेष चर्चामा रहेका छन्। जसलाई युके, ब्राजिलियन तथा दक्षिण अफ्रिकी भेरिएन्टका नामले चिनिएको छ भने छिमेकी मुलुक भारतमा डबल म्युटेट कोरोना भाइरससमेत देखिएको छ।

टियु क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ। नेपालले दिएको २ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रनको लक्ष्य तय गरेको थियो।

गैरआवासीय नेपाली संघले १० अर्ब लगानी भित्र्याउने अठोटका साथ ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’को स्थापना गरेको छ । संघको प्रयास र नेपाल सरकार अर्थ मन्त्रालयको समन्वयमा ०७७ चैत ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेड’दर्ता भइसकेको छ।

नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनः थप गरेको छ। जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटकपटक थप्दै आएको कांग्रेसमा सो अवधि वैशाख १५ गतेसम्म निर्धारण गरेको छ।

Logo