बोलेरोले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

बोलेरोले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु


पूर्वी चितवनको राप्ती नगरपालिकामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।

पूर्व–पश्चिम लोकमार्गमा लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा३च २१८७ नंको बोलेरोले राप्ती नगरपालिका–३ झुरझुरेमा पैदलयात्री ओलीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते ओलीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

बोलेरोले ओलीलाई मङ्गलबार साँझ साढे ६ बजे ठक्कर दिएको थियो । ठक्करबाट घाइतेको उपचारकाे क्रममा राति साढे १२ बजे मृत्यु भएको हो । 

Logo