जितसँगै पीएसजी शीर्षस्थानमा

जितसँगै पीएसजी शीर्षस्थानमा


पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा मेट्जलाई पराजित गरेको छ ।

पीएसजीले मेट्जलाई उसकै मैदानमा ३–१ ले हराएको हो । मेट्जको घरेलु मैदानमा शनिबार राति भएको खेलको चौथो मिनेटमा नै केलियन एमबाप्पेको गोलबाट पीएसजीले अग्रता लिएको थियो ।  ४६औं मिनेटमा फाविन सेन्टोनजीले फारिद बोउलायाको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५९औं मिनेटमा एमबाप्पेले पुन: गोल गर्दै पीएसजीलाई २–१ ले अघि बढाए । ८९औं मिनेटमा मोउरो इकार्डीले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे । 

जितसँगै पीएसजी ३३ खेलबाट ७२ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पीएसजीले एक खेल कम खेलेको लिललाई २ अंकले पछि पारेको छ । 

Logo