पूर्वप्रधानमन्त्री भट्टराईको पेटको अपरेसन सम्पन्न

पूर्वप्रधानमन्त्री भट्टराईको पेटको अपरेसन सम्पन्न


पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको पेटको अपरेसन सम्पन्न भएको छ। वीर अस्पतालमा भट्टराईको पेटको न्युरो–इन्डोक्राइन ट्युमरको अपरेसन गरिएको हो। यसको उपचारका लागि उनी बिहीबार अस्पताल भर्ना भएका थिए। 

भट्टराईकी छोरी मानुसी यमी भट्टराईले बुबा बाबुराम भट्टराईको शल्यक्रिया सफल भएको सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएकी छिन् । शल्यक्रिया हुँदाका तस्वीरसहित पोष्ट गर्दै उनले उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद पनि दिएकी छिन् ।

“पेटको न्यूरो–इन्डोक्राइन ट्युमरको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना, बा,” भट्टराईकी छोरी मानुसी यमी भट्टराईले लेखेकी छन्, “शल्यक्रियामा संलग्न वीर अस्पतालको चिकित्सक टोली, अस्पताल परिवारप्रति सधन्यवाद शुभकामना ।”

केही समयअघि न्युरो–इन्डोक्राइन ट्युमरको परीक्षणका लागि भट्टराई भारत पनि गएका थिए।

Skip This
Logo