कांग्रेस सभापति देउवाले पत्रकार सम्मेलन गर्दै

कांग्रेस सभापति देउवाले पत्रकार सम्मेलन गर्दै


नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दैछन्। आफ्नो निवास बूढानीलकण्ठमा दिउँसो ३ बजे कोभिड–१९ का सन्दर्भमा पत्रकार सम्मेलन गर्न लागेका उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

सभापति देउवाले पत्रकार सम्मेलनमार्फत कोरोना भाइरस सङ्क्रमणको नियन्त्रण र रोकथाममा सरकारको भूमिका तथा निषेधाज्ञा लागू गरिएपछि सर्वसाधारणको जनजीवनमा परेको प्रभावलगायत विषयमा धारणा व्यक्त गर्ने बताइएको छ। 

मुलुकभर दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमण तीव्र भएपछि सरकारले करिब डेढ दर्जन जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरेको छ।

Logo