क्रिकेट रंगशाला निर्माणको लागि दुबईमा २२ लाख सहयोग उठ्यो

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि दुबईबाट २० सहयोग संकलन भएको छ । गएको २६ अप्रिलमा दुबईमा आयोजित ‘धुर्मुस सुन्तली साँझ २०७६’ बाट उक्त रकम संकलन भएको हो ।

चितवन समाज दुबईको संयोजन तथा बिभिन्न संघसंस्थाहरुको आयोजनामा भएको कार्यक्रमबाट २० लाख र आबुधाबीमा रहेका गायक प्रकाश पौडेलले राखेको भेटघाट डिनर कार्यक्रमबाट २ लाख सहयोग संकलन भएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए ।

कार्यक्रममा धुर्मुस सुन्तलीले हास्य प्रस्तुति दिएका थिए भने गायिका मेलिना राई, गायक पुष्पन प्रधानलगायतका कलाकारहरुले समेत आफ्नो प्रस्तुत िदिएका थिए ।