नेपालमा काेराेना सङ्क्रमित सङ्ख्या दैनिक उकालो लाग्दो, २० जिल्लामा ५०० बढी सङ्क्रमित

नेपालमा काेराेना सङ्क्रमित सङ्ख्या दैनिक उकालो लाग्दो, २० जिल्लामा ५०० बढी सङ्क्रमित


देशका २० जिल्लामा ५०० भन्दा बढी काेराेना सङ्क्रमित रहेका  छन्।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, कास्की, दाङ्, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत र कैलाली रहेका छन्। 

कोभिड–१९ को सङ्क्रमित हुनेको सङ्ख्यामा  दैनिक उकालो लागिरहेको छ। कोभिड–१९ को दोस्रो लहर बढेसँगै वैशाखको सुरुदेखि सङ्क्रमित हुनेको सङ्ख्या दैनिक उकालो लागेको हो । प्रत्येक दिन सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ ।
 
मंगलबार देशभर सात हजार ६६० मा सङ्क्रमण देखिएको मन्त्रालयले जनाइएको छ। सोमबार (वैशाख २० गते)  सात हजार ४४८,  आइतबार (वैशाख १९ गते) सात हजार २११, शनिबार (वैशाख १८ गते) पाँच हजार ७६३ र शुक्रबार (वैशाख १७ गते) पाँच हजार ७२७ सङ्क्रमित देखिएका थिए ।
 
मंगलबार १६ हजार १३१ पिसिआरमा सात हजार ५८७ र ५६१ एन्टिजेनमा ७३ मा सङ्क्रमण देखिएको हो। आजसम्म कूल सङ्क्रमित तीन लाख ५१ हजार ५ पुगेको छ । यस्तै हिजाे एक हजार ७७५ सङ्क्रमितबाट निको भएका छन्। अहिलेसम्म दुई लाख ८७ हजार ७९० निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ८२ प्रतिशत छ।
 
५५ जनाको निधन

यस्तै हिजाे मात्र सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ५५ पुगेको छ। निधन हुनको यो सङ्ख्या हालसम्मकै उच्च हो। अहिलेसम्म तीन हजार ४१७ सङ्क्रमणबाट निधन भइसकेका छन् । 

आइसियुमा ६१६ र भेन्टिलेटरमा १७९ 

यस्तै सङ्क्रमितमध्ये ६१६ सघन उपचार कक्ष (आइसियु) र १७९ भेन्टिलेटरमा उपचार गराइरहेका छन्। आइसियुमा प्रदेश नंं १ मा ९३, प्रदेश नंं २ मा २४, वाग्मती प्रदेशमा ३२५, गण्डकी प्रदेशमा ४४, लुम्बिनी प्रदेशमा ६९, कर्णाली प्रदेशमा ३२ र सूदुरपश्चिम प्रदेशमा २९ उपचार गराइरहेका छन् । भेन्टिलेटरमा प्रदेश नंं १ मा १८, प्रदेश नंं २ मा  दुई, वाग्मती प्रदेशमा १२४, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा १६ , कर्णाली प्रदेशमा सात र सूदुरपश्चिम प्रदेशमा १० उपचार गराइरहेका छन्।

Logo