आज मन्त्रिपरिषद्को बैठक बस्ने, महत्वपूर्ण निर्णय हुने सम्भावना

आज मन्त्रिपरिषद्को बैठक बस्ने, महत्वपूर्ण निर्णय हुने सम्भावना


आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।

आजको बैठकमा कोभिड १९ रोकथाम नियन्त्रण र समसामयिक विषयमा छलफल हुने बताइएको छ। 

हरेक हप्ता सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरे पनि आज शनिबार पनि प्रधानमन्त्री केपी शर्मा ओलीले  बैठक बोलाएपछि यसलाई महत्वका साथ हेरिएको छ । 

वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने तयारी गरेका छन् । यस्तै उनले आइतबारका लागि संवैधानिक परिषद्को बैठक पनि बोलाएका छन्। 

यहि सेरोफेरोमा पछिल्ला केही दिनदेखि विकसित राजनीतिक घटनाक्रमका बीच आज बोलाइएको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट केही महत्वपूर्ण निर्णय हुन सक्ने अनुमान गरिएको छ।  

Logo