नायिका स्वेता खड्का केही दिन अघि चलचित्र ‘हेलो जीन्दगी’ को छायांकनको लागि लण्डन उडेकी थिइन् । तर उनलाई छायांकनको क्रममा असहय पीडा भएपछि उनी अस्पताल भर्ना भइन् ।
अस्पतालले टयुमर भएको जानकारी गराएपछि खड्काको घाँटीको टयुमरको शल्यक्रिया गरेर निकालिएको छ । चलचित्र छायांकनको क्रममा अत्याधिक दुखाई महसुस भएपछि भारतको बीएलके अस्पतालमा उनको सफलतापूर्वक टयुमर निकालिएको हो ।
शल्यक्रियापछि उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा भावुक स्टाटस लेखेकी छन् ।