सरकार असक्षम हुनुमा कसको दोष ? यसको जिम्मा कसले लिने : देउवा

सरकार असक्षम हुनुमा कसको दोष ? यसको जिम्मा कसले लिने : देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई जनताले पाँच वर्षसम्म म्यान्डेट दिएको भएपनि तीन वर्षमै विश्वासको मत माग्नु पर्ने अवस्था आउनुमा दोषी को हो भन्दै प्रश्न गरेका छन् । 

प्रतिनिधिसभाको आजको विशेष बैठकमा बोल्दै देउवाले यस्तो बताएका हुन् । उनले सरकार कोरोना नियन्त्रण गर्न असफल भएको पनि बताए । उनले सरकारले जनताको स्वास्थ्यमा सरकारले खेलबाड गरेको र औषधि खरिदमा गरेको भ्रष्टाचारमा पनि टुलुटुलु हेरेर बसेको आरोप लगाए । 

उनले प्रधानमन्त्रीले निर्माण नै नसकिएको धरहरा उद्घाटन गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

Logo