राष्ट्रिय युवा संघ कोरोना नियन्त्रण गर्न अग्र मोर्चामा खटिंदै

राष्ट्रिय युवा संघ कोरोना नियन्त्रण गर्न अग्र मोर्चामा खटिंदै


राष्ट्रिय युवा संघ नेपालले महालक्ष्मी नगरपालिका क्षेत्रमा कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण रोकथाम र नियन्त्रण गर्नका लागि  हेल्प डेक्स स्थापना गरेको छ।

महामारीबाट बच्ने बचाउने उपाय र संक्रमण नियन्त्रण र न्युनिकरण गर्नका लागि राष्ट्रिय युवा संघले हेल्प डेस्क स्थापना गरेको राष्ट्रिय युवासंघले जनाएको छ।  

कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष क्षितिज थेबेले कोरोना रोकथाम नियन्त्रण गर्न प्रयोग गरिने ग्लोब्स, माक्स, सेनिटाइजर लगायतका सामाग्री नेकपा (एमाले)का महालक्ष्मी नगर कमिटी अध्यक्ष हरिगोबिन्द श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्।

निषेधाज्ञाको समयमा विभिन्न समस्यामा परेकाहरुलाई उद्वार गर्न तथा मास्क नलाउनेहरुलाई  मास्कको व्यवस्था गर्ने गरी कोरोना नियन्त्रण हेल्प डेक्स सञ्चालनमा ल्याएको युवा संघले जनाएको छ।

कोरोना महामारी नियन्त्रण गर्न विश्वले नसकेको अवस्थामा सरकारलाई समस्या परेको बेलामा मलमपट्टी लगाउनको लागि युवा संघले भोलिङटरिङको रुपमा काम गरेको हो।

काठमाडौं उपत्यका लगायत देशभरी नै संयोजक तोकेर संघले यो अभियान चलाएको छ।

Logo