एकै दिन १६८ जनाको मृत्यु, ९ हजार ३०५ जना कोरोना संक्रमित थपिए

एकै दिन १६८ जनाको मृत्यु, ९ हजार ३०५ जना कोरोना संक्रमित थपिए


नेपालमा आज ९ हजार ३०५ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ६७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।

यससँगै संक्रमितको कूल संख्या ४ लाख २२ हजार ४१६ जना पुगेको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख १६ हजार ४६३ पुगेको छ।

आज १६८ जनाको मृत्यु भएको छ । सोमबार १३९ जनाको मृत्यु भएको थियो। हालसम्म मृत्यु हुनेको संख्या ४ हजार २५२ पुगेको छ।

हालसम्म २६ लाख ९३ हजार ८८ जनाको परीक्षण गरिएको छ । आजको परीक्षण २१ हजार ३१६ रहेको छ।

काठमाडौं उपत्यकामा आज ३ हजार ९२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा मात्र ३ हजार २५०, ललितपुरमा ४४८  र भक्तपुरमा २२६ जना थपिएका हुन्।

Logo