सादा पोशाकमा ट्राफिक प्रहरी, बढी भाडा लिने सवारीलाई कडा कारबाही

सादा पोशाकमा ट्राफिक प्रहरी, बढी भाडा लिने सवारीलाई कडा कारबाही


काठमाडौं ।

महानगरीय ट्राफिक प्रहरीले दसैंतिहार लगायतका चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरी सवारी अनुगमनलाई तिव्रता दिएको छ ।

विशेष सुरक्षा योजना अनुसार अहिले सडकमा सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरिएका छन् । सार्वजनिक सवारी साधनले चाडपर्वको मौका छोपी कालोबजारी र ठगी गर्ने भएकाले यसको नियन्त्रणका लागि सादा पोशाकमा प्रहरी खटाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सवारीहरुले क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने भाडाका सवारी साधन, मिटरमा जान नमान्ने र यात्रु लिन इन्कार गर्ने ट्याक्सीहरुको अनुगमन र कारबाहीमा तीव्रता दिएको दाबी ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालको छ ।

उनका अनुसार सादा पोशाकका प्रहरीले विभिन्न सवारी साधनमा यात्रु बनेर भाडा बढी लिएको वा नलिएको भन्ने अनुसन्धान गरिरहेको र अहिलेसम्म बढी भाडा लिने ४४ वटा बस र ६६ वटा ट्याक्सीलाई ट्राफिक कारबाही गरिसकेकोे छ ।

असोज महिनामा मात्रै सिट क्षमताभन्दा बढी यात्रु राख्ने, स्वास्थ्य मापदण्ड पालना नगर्ने १५ हजार ४ सय ५१ वटा सवारी साधनलाई सम्झाइबुझाइ सुधार गर्ने प्रतिबद्धतापछि छोडेको महाशाखाले जनाएको छ ।

Logo