नेकपाकी सांसद सानु शिवाको निधन

नेकपाकी सांसद सानु शिवाको निधन


काठमाडौं ।

नेकपाकी सांसद सानु शिवा पहाडीको आज निधन भएको छ। नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद शिवाको आज बिहान निधन भएको हो । उनी मिर्गौला रोगबाट पीडित थिइन् ।

केही वर्ष अघि मिर्गौला रोगको उपचार गराएकी उनको आज काठमाडौं मेडिकल कलेजमा निधन भएको हो । पहाडीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्। उनले सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै उनको निधनमा दुःख व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीले भनेका छन् , ‘हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

Logo