करिव २ अर्ब राजश्व छली गरेको आरोपमा ३ व्यवसायीविरुद्ध राजस्व विभागद्वारा मुद्दा

करिव २ अर्ब राजश्व छली गरेको आरोपमा ३ व्यवसायीविरुद्ध राजस्व विभागद्वारा मुद्दा


काठमाडौं ।

प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको राजश्व विभागले करिब २ अर्ब रुपैयाँ राजश्व छली गर्ने ३ व्यवसायीक फर्मका ३ व्यवसायीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले हाइटेक इन्टरनेशनल, साहारा एण्ड खातुन ट्रेडस र मनिष ट्रेडिङ्स कन्सर्न तथा कम्पनीका मालिकविरुद्ध गैरकानुनी रुपमा राजश्व छली तथा चुहावट र कारोबार गरेको भन्दै १ अर्ब ७१ करोड ५६ लाख २८ हजार १११ रुपैयाँ बराबरको बिगो र कारवाहीको माग गरी उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।

विभागका अनुसार हाइटेक इन्टरनेशनलले भन्सार चोरी पैठारी गरिएको मालवस्तुको गैरकानुनी रुपमा भुक्तानी गरी मुद्रा अपचलन गरेको आरोपमा कम्पनीका संचालक हरिकुमार श्रेष्ठलाई १ अर्ब ७१ करोड ५६ लाख २८ हजार १ सय ११ विगो असुल उपर गरी बिगोको तीन गुणासम्म जरिवाना र ३ वर्ष कैद सजायसमेत माग गरी मुद्दा दायर भएको छ ।

उनले मालवस्तुको यथार्थ कारोवार नदेखाई यथार्थ र वास्तविक कारोवारको छुट्टै लेजरमा अभिलेख राखी राजस्व चुहावटसमेत गरेको आरोप छ । त्यस्ता चोरी पैठारी गरी ल्याएको मालवस्तुको भुक्तानीका लागि बैंकको स्वीकृती समेत नलिई गैरकानूनी रुपमा अवैध किसिमले विदेशमा रकम पठाई विदेशी विनिमय अपचलन गरेको आरोपमा उनलाई उक्त बिगो रकम र जेल सजायँ माग गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको विभागले जनाएको छ ।

यस्तै नक्कली मु.अ.कर विजक प्रयोग गरी राजश्व चुहावट गरेको आरोपमा साहारा एण्ड खातुन ट्रेडस र मनिष ट्रेडिङ्स कन्सर्नविरुद्ध बिगो असुल उपरका लागि उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ ।

जसमा मनिष ट्रेडिङ्स कन्सर्नले निम्न आर्थिक आय भएका व्यक्तिको नाममा फर्म दर्ता गरी वस्तु तथा सामान आयात तथा सेवा एउटा र आयात तथा खरिद देखाइ अर्कै माल वस्तुको झुटो तथा नक्कली मूल्य अभिबृद्धीकर विजक मात्र विक्री गरेको आरोप छ ।

जसकारण कम्पनीले राजश्व चुहावटको कसुरमा १३ करोड २५ लाख ८८ हजार २ सय ६३ रुपैयाँ जरिवाना र कैद सजायँ माग गरी मुद्दा दायर भएको विभागले जनाएको छ । साथै, बारा जिल्ला रामपुर टोकनी ३ स्थित साहारा एण्ड खातुन ट्रेडसले वस्तु तथा सेवा खरिद नै नगरी झुटा र नक्कली मु.अ. कर विजक विक्री गरेको आरोपमा मुद्दा दायर भएको छ ।

कम्पनीले मूल्य अभिवृद्धि कर र आयकर समेतको राजश्व चुहावट गरेको कसुरमा ९ करोड ९६ लाख ५४ हजार ७ सय ६१ रुपैयाँ जरिवाना र कदै सजायको माग गरी उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

Skip This
Logo