नेपालमा आज ४ हजार ४७ जना नयाँ संक्रमित थपिए

नेपालमा आज ४ हजार ४७ जना नयाँ संक्रमित थपिए


काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । आज ४ हजार ४७ जना थपिएका छन् ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ७७ हजार २७७ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ४७३ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ । आज मात्र ९ जनाको मृत्यु भएको छ ।

आजको पिसिआर परीक्षण १४ हजार ५३० रहेको छ । आज ३३ हजार ८८० जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

काठमाडौं उपत्यकामा आज २ हजार २८३ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १ हजार ८८८ , भक्तपुरमा ११८ र ललितपुरमा २७७ जना थपिएका हुन् ।

यससँगै, काठमाडौंमा ३५ हजार ५९४, ललितपुरमा ४ हजार ९२६ र भक्तपुरमा ३ हजार ५५२ संक्रमित पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । उपत्यकामा कूल संक्रमितको संख्या ४४ हजार ७२ पुगेको छ ।

 

 

Logo