काभ्रेमा आज ४३ जना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या १ हजार नाघ्यो

काभ्रेमा आज ४३ जना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या १ हजार नाघ्यो


काभ्रे ।
काभ्रे जिल्लामा आइतबार एकैदिन ४३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कूल संक्रमितको संख्या १ हजार १ पुगेको छ ।

मंगलबार ५६ जना, बुधबार ५० जना, विहिबार २३ जना थपिएका काभ्रेमा शुक्रबार ४३ जना थपिएका थिए । शनिबार १८ जना थपिएका काभ्रेमा आज ४३ जना थपिएका हुन् ।

जसमध्ये ५९३ जना निको भएका छन् । जिल्लामा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ५ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र ९ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

उनका अनुसार थपिएका नयाँ संक्रमित मध्ये धुलिखेलका ८ जना, बनेपाका १४, पनौतीका १४, पाँचखालका ५ , नमोबुद्धका १ र मण्डनदेउपूरका १ जना रहेका छन् ।

Logo