चितवनमा कोरोना संक्रमित ९२ वर्षीय पुरुषको मृत्यु

चितवनमा कोरोना संक्रमित ९२ वर्षीय पुरुषको मृत्यु


चितवन ।

चितवनमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका १ का ९२ वर्षीयको कोरोनाबाट मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले ती वृद्धको बुधबार दिउसो मृत्यु भएको जानकारी दिए। उनमा दुई दिन अघि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

लामो समयदेखि दम तथा उच्च रक्तचापको समस्या रहेको उनमा पछिल्लो समय खोकी र श्वासप्रश्वास देखिएपछि मंगलबार बेलुका ७ बजे अस्पताल भर्ना गराइएको थियो । उनको कोभिड आइसियुमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

Logo