जाजरकोटमा जिप दुर्घटना : वडाध्यक्षसहित पाँच जनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटना : वडाध्यक्षसहित पाँच जनाको मृत्यु


जाजरकोट।

जिल्लाको जुनिचाँदे गाउँपालिका १ ओलभीरमा भे १ ज ९३५ नम्वरको जिप आज दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वडा नं ११ का वडाध्यक्ष अमरबहादुर शाही, कृती शाही, ख्यामबहादुर शाही , वडा ५ की मालिका बस्नेत र कृष्णबहादुर शाहीको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिए। त्यस्तै दुई जना पानीमा वेपता भएको उनले जानकारी दिए ।

जुनिचाँदे गाउँपालिकाको कार्यपालिकाको वैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गरेको जिप दुर्घटना परेको हो । जिपमा सवार जुनिचाँदे ११ का नरबहादुर बुढा घाइते भएका छन् । जिप खोलामा परेको छ ।

Logo