प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव दुई तिहाइले पारित

प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव दुई तिहाइले पारित


काठमाडौं । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रदेश सरकारको प्रस्ताव दुई तिहाइ मतले पारित भएको छ । मंंगलबार बसेको प्रदेश सभाको बैठकले दुई तिहाई भन्दा बढी मतले पारित गरेको हो ।

दाङमा राजधानी बनाउने पक्षमा ६९ जना सांसदले मतदान गरेका थिए भने १३ जनाले दाङमा राजधानी बनाउने प्रदेश सरकारको राजधानी बनाउने प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

गत शुक्रबार प्रदेश नम्बर ५ सरकारले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेको थियो । प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए।

Logo