परोपकार प्रसुति गृहमा एक महिलाले पाँच शिशुलाई जन्म दिइन्

परोपकार प्रसुति गृहमा एक महिलाले पाँच शिशुलाई जन्म दिइन्


काठमाडौं ।

राजधानीको थापाथलीस्थित परोपकार प्रसुति गृहमा एक महिलाले पाँच जना शिशुलाई जन्म दिएकी छिन्। आज बिहान नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच शिशुको जन्म दिएकी हुन् ।

पाँचमध्ये चार जना शिशु जीवित रहेका छन् भने १ जनाको भने जन्मनु अघि नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ । प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीको नेतृत्वमा रहेको चिकित्सकहरुको टोलीले शल्यक्रियामार्फत ५ शिशुको निकालिएको थियो ।

सुत्केरी आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा एकै पटक ५ शिशुको जन्म भएको यो नै पहिलो पटक हो ।

Logo