गायक प्रकाश ओझाको व्यङ्ग्यात्मक गीत ‘चिकेन कोरोना’ सार्वजनिक (भिडियो)

गायक प्रकाश ओझाको व्यङ्ग्यात्मक गीत ‘चिकेन कोरोना’ सार्वजनिक (भिडियो)


‘भत्काइदिन्छु बाख्राको खोर पनि’, ‘ए बाउ भात खान आऊ’, ‘ए है मेरी तिते करेली’, ‘जाउँ कि क्या हो म पनि जिमखाना’ लगायत थुप्रै चर्चित हाँस्य व्यङ्ग्यात्मत गीतहरु नेपाली दर्शक–श्रोतामाझ पस्केका लोकप्रिय हाँस्य गायक प्रकाश ओझाको नयाँ व्यङ्ग्यात्मक गीत ‘चिकेन कोरोना’ सार्वजनिक भएको छ।

गीतमा हाल विश्वमै आतंक फैलाईरहेको कोरोना भाईरसले नेपालमा पारिरहेको असर सम्बन्धी समसामयिक विषयप्रति व्यङ्ग्य गरिएको छ।

सार्वजनिक गीतलाई गायक प्रकाश स्वयंले लेखेका छन् भने संगित पनि उनकै रहेको छ । त्यस्तै डम्बर लिम्बुको एरेन्ज रहेको गीतमा महेश्वर राजभण्डारीको मिक्सिङ रहेको छ । सांकेतिक तस्विरहरुमात्र प्रयोग गरिएर तयार पारिएको यस गीतको भिडियोमा भने उज्ज्वल श्रेष्ठको सम्पादन रहेको छ।

ओ.एस.आर. डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘चिकेन कोरोना’ले दर्शकहरुबाट राम्रो प्रतिकृया पनि पाईरहेको छ। हाल यसकाे लिरिकल भिडियाे मात्र सार्वजनिक गरिएकाे छ । गीत यस्ताे छ

Logo