‘ट्राफिक प्रहरीको आचरण कमजोर भए सिंगो प्रहरी संगठन सुध्रिन कठिन’ : डिआइजी पोखरेल

‘ट्राफिक प्रहरीको आचरण कमजोर भए सिंगो प्रहरी संगठन सुध्रिन कठिन’ : डिआइजी पोखरेल


काठमाडौं ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख विश्वराज पोखरेलले ट्राफिक प्रहरीको आचरण कमजोर भए सिंगो प्रहरी संगठन सुध्रिन कठिन हुने बताएका छन् ।

प्रहरी अधिकृत र जवानहरुको लागि संयुक्त मेस भवन उद्घाटन गर्दै प्रमुख पोखरेलले ट्राफिक प्रहरीको व्यवहार र आचरण कमजोर बनाउन नहुने बताए । प्रहरी आयुक्तको कार्यालयका आयुक्त प्रहरी नायव महानिरीक्षक (डिआइजी) पोखरेलले कुनै पनि कुरामा कमजोरी गर्न नहुने, व्यवहार र आचरणमा आँच आउने काम नगर्न पनि निर्देशन दिए । ट्राफिक प्रहरी अन्य प्रहरीभन्दा व्यक्तित्व, शैक्षिक र क्लोज ट्रेनिङको हिसाबले उम्दो संगठन भएको पनि उनले बताए ।

कोभिडको समयमा ट्राफिक प्रहरीले भोग्नु परेको अफ्ठ्यारो, असहजता र कठिनाई कसैसँग पनि तुलना गर्न नसकिने उनले बताए । सबैभन्दा बढी जोखिममा रहेको काम गर्ने राष्ट्रसेवकमा ट्राफिक प्रहरी पनि अग्रस्थानमा रहेको उनले बताए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम ढकालले आफ्नो समस्या लुकाएर भएपनि जनताको सेवामा २४ घण्टा नै खटिएको बताए । उनले कोभिड सुरु भएपछि ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन, नागरिकलाई कोभिडबाट बचाउने र जोखिममा रहेर काम गर्ने अधिकृत र जवान एकजुट भएर अगाडि बढीरहेको बताए ।

डिआइजी पोखरेलले आज प्रहरी अधिकृत तथा जवानहरुको संयुक्त मेस भवन र हराएका तथा फेला परेका वा चोरी भएका सवारी साधनको अभिलेख व्यवस्थापन सफ्टवेयरको उद्घाटन गरेका हुन् ।

Logo