काठमाडौं उपत्यकामा आज १ हजार ५९९ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १ हजार ५९९ जना संक्रमित थपिए


काठमाडौं ।

काठमाडौं उपत्यकामा आज १ हजार ५९९ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १ हजार ३७३, भक्तपुरमा ३९ र ललितपुरमा १८७ जना थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै काठमाडौंमा २४ हजार ४७, ललितपुरमा २ हजार ९८३ र भक्तपुरमा २ हजार ४८७ संक्रमित पुगे । अब काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या २९ हजार ५१७ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । आज २ हजार २५३ जना थपिएका छन् ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ३२९ छ ।

आजको पिसिआर परिक्षण १२ हजार ७८४ रहेको छ । आज २२ हजार २१९ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ । आज मात्र ७ जनाको मृत्यु भएको छ ।

Skip This
Logo