कांग्रेसका ७० नेतालाई कोरोना पुष्टि, केन्द्रीय समितिको बैठक अनिश्चित

कांग्रेसका ७० नेतालाई कोरोना पुष्टि, केन्द्रीय समितिको बैठक अनिश्चित


काठमाडौं ।

नेपाली कांग्रेसका सांसद गगन थापा र केन्द्रीय सदस्य अर्जुननरसिंह केसी लगायत ७० जनालाई कोरोना संक्रमण भएको छ।

२७० जनामा गरिएको परीक्षणमा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस सँगै असोज १९ गते देखि हुने भनिएको कांग्रेसको केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ ।

थापा र केसीसहित नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ र कल्पना चौधरी लगायतलाई पनि कोरोना संक्रमण भएको बताइएको छ ।

असोज १९ गतेदेखि शुरु हुन लागेको कांग्रेसको केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा कांग्रेसका नेताहरुको पिसिआर परीक्षण गरिएको थियो। अझै केही नेताहरुको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । कोरोना संक्रमण पोजेटिभ देखिएका थापालाई भने कुनै लक्षण देखिएको छैन ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीका ३ जना सल्लाहकार र एक स्वकीय सचिव सहित ७६ जनालाई कोरोना पुष्टि भएको छ । प्रधानमन्त्री ओलीले हाललाई सबै भेटघाटका कार्यक्रम रद्द गरेका छन् ।

Logo