कांग्रेस नेता गगन थापा र अर्जुननरसिंह केसीलाई कोरोना पोजेटिभ

कांग्रेस नेता गगन थापा र अर्जुननरसिंह केसीलाई कोरोना पोजेटिभ


काठमाडौं ।

नेपाली कांग्रेसका सांसद गगन थापा र केन्द्रीय सदस्य अर्जुननरसिंह केसीलाई कोरोना संक्रमण भएको छ।

उनीहरु सहित नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ र कल्पना चौधरी लगायतलाई पनि कोरोना संक्रमण भएको बताइएको छ ।

असोज १९ गतेदेखि शुरु हुन लागेको कांग्रेसको केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा कांग्रेसका नेताहरुको पिसिआर परीक्षण गरिएको थियो।

यसै क्रममा थापा, केसी, चौधरी र श्रेष्ठ लगायतलाई कोरोना संक्रमण पोजेटिभ देखिएको हो । कोरोना संक्रमण पोजेटिभ देखिएका थापालाई भने कुनै लक्षण देखिएको छैन ।

Logo