भेरी अस्पतालमा उपचाररत युवतीको कोरोनाबाट मृत्यु

भेरी अस्पतालमा उपचाररत युवतीको कोरोनाबाट मृत्यु


बाँके ।
नेपालगंजस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ । अस्पतालको कोरोना विशेष वार्डमा उपचार गराइरहेकी नेपालगन्ज वडा नं ९ बाँकेगाउँकी २५ वर्षीया युवतीको शुक्रबार मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनले गत भदौ २९ गते कोरोना परीक्षणका लागि स्वाव दिएकी थिइन् । भदौ ३० गते उनको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसैदिन उनलाई भेरी अस्पताल भर्ना गरिएको थियो ।

रेमडिसिभिर र प्लाज्मा थेरापी विधिबाट उपचार गर्दा समेत उनलाई बचाउन नसकिएको जिल्ला कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए। योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ जना पुगेको छ ।

Logo