‘हाम्रो पात्रो’मा अब मनपर्ने समाचार स्रोत रोजेर पढ्न पाइने सुविधा उपलब्ध

‘हाम्रो पात्रो’मा अब मनपर्ने समाचार स्रोत रोजेर पढ्न पाइने सुविधा उपलब्ध


काठमाडौं ।

‘हाम्रो पात्रो’ एपले न्युज पर्सनलाइजेसन (आफूलाई मनपरेका विश्वसनीय समाचार स्रोतहरुलाई रोजेर समाचार पढ्न मिल्ने सुविधा) फिचर बेटा भर्सनमा उपलब्ध गराएको छ। कम्पनीले एन्ड्रोइड प्रयोगकर्ताका लागि यसको बेटा भर्सन सार्वजनिक गरेको हो।

अबको केही दिनमा आईफोन प्रयोगकर्ताहरुका लागि पनि यो सुविधा समेटिएको बेटा भर्सन उपलब्ध गराउने कम्पनीले जनाएको छ। प्रयोगकर्ताले आफ्नो व्यक्तिगत रूची तथा आवश्यकता अनुरुपका समाचारहरु पर्सनलाइज गर्न सक्ने गरी यो फिचर ल्याइएको हाम्रो पात्रोले जनाएको छ।

एपको समाचार खण्डमा ‘For You’ अर्थात ‘तपाईंको लागि’ फिचर प्रयोग गरी तपाईंले समाचार स्रोत र समाचारको वर्ग रोज्न सक्नुहुनेछ । ‘हाम्रो पात्रो’ले सन् २०१४ मा पहिलो पटक समाचार पढ्न सकिने फिचर ल्याएको थियो। हाल यो फिचर हाम्रो पात्रो एपमा सर्वाधिक रुचाइएको फिचर बनेको छ। एपमा ६० भन्दा बढी न्युज पोर्टलहरु सूचीबद्ध छन्।

समाचार माध्यमहरु धेरै हुँदा प्रयोगकर्तालाई आफूले चाहेजस्तै समाचार फेला पार्न कठिनाई हुनसक्ने भएकोले प्रयोगकर्ताको माग अनुरुप यस किसिमको असहजतालाई अन्त्य गर्न हाम्रो पात्रोले यो फिचर ल्याएको हो।

Logo