ज्योति समुह विवाद : जग्गामा ठगीदेखि बिजेन्द्र मल्ललाई अपहरणको धम्कीसम्म रुप ज्योतिको संलग्नता

ज्योति समुह विवाद : जग्गामा ठगीदेखि बिजेन्द्र मल्ललाई अपहरणको धम्कीसम्म रुप ज्योतिको संलग्नता


काठमाडौं ।

व्यवसायिक घराना ज्योति समूहबीच भएको सम्पत्तिको विवादका कारण यो समूह निकै चर्चामा छ । पछिल्लो पटक यो घरानामा भाइ रुप ज्योतिले विभिन्न १८ वटा कम्पनीहरुको अध्यक्ष आफूलाई घोषणा गरेपछि विवाद उत्कर्षमा पुगेको थियो ।

त्यसअघि पनि भाइ रुप ज्योतिले विभिन्न कम्पनीका जग्गा आफ्नो नाममा गरेर दुरुपयोग गरेका थिए । त्यसका साथै ग्राण्डी सिटी अस्पतालको विवादका कारण पनि यो परिवारमा विवाद निम्तिएको थियो । त्यसैगरी, रुप ज्योतिकी धर्म पुत्री मिला सायमीका कारण पनि यो परिवारमा फाटो परेको छ । यस सम्बन्धी हामीले यस अघि नै विभिन्न समाचारहरु प्रस्तुत गरिसकेका छौँ ।

यस समूहले मोटरसाइकल, कार, अक्सिजन, ग्यास, डण्डी, औषधि, उद्योगदेखि अस्पताल, बैंकदेखि इन्स्योरेन्स कम्पनी, हवाई टिकट बेच्ने ट्राभल एजेन्सी, आयात–निर्यात सहज गर्ने लजिस्टिक कम्पनी लगायतमा लगानी गरेको छ । ज्योति समूहका यी अघिकांश कम्पनी तथा लगानी सफल भएका छन् ।

यस समूहका विभिन्न कम्पनीहरुसँग काठमाडौंको मुटु जमलदेखि मुलुकभरका विभिन्न शहरहरुमा प्रशस्त मात्रामा जग्गा जमिन रहेको छ ।

जसका कारण ज्योति समूहलाई एक सफल व्यवसायिक घरानाका रुपमा चिनिन्छ । यस समूहका विभिन्न कम्पनीहरुसँग काठमाडौंको मुटु जमलदेखि मुलुकभरका विभिन्न शहरहरुमा प्रशस्त मात्रामा जग्गा जमिन रहेको छ । ज्योति समूहभित्रका दुई ठूला कम्पनी स्याकार ट्रेडिङ र नेपाल जनरल मार्केटिङ बाहेक अन्य सबै कम्पनीमा शेयर साझेदार र लगानीको ढाँचा लगभग एउटै जस्तो छ । हिरो र होण्डा एक आपसमा छुट्टिएको वर्षौँ भयो ।

होण्डा मोटरसाइकलको अधिकृत बिक्रेता स्याकार ट्रेडिङमा पद्म ज्योतिका छोरा सौरभ ज्योति र सुहृद ज्योति शेयरधनीका रुपमा रहेका छन् । त्यस्तै, हिरोको अधिकृत बिक्रेता नेपाल जेनरल मार्केटिङमा रूप ज्योतिका शेयरधनी छोरा अभिक ज्योति तथा छोरी सुरुचि ज्योतिले संचालन गरिरहेका छन् ।

त्यसबाहेकका ज्योति समूहका कम्पनीमा दाई पद्म ज्योति, भाई रुप ज्योति तथा बहिनी कमला कंसाकारका नाममा तीनै जनाको बराबर तीन हिस्सा रहेको छ । यी तीन जना मध्ये कुनै दुई जनाको शेयर एकै ठाउँमा हुँदा दुई तिहाई बहुमतमा पर्नुका साथै बाँकी एक तिहाई अल्पमतमा पर्छ । अहिले ज्योति समूहमा भएको विवाद पनि त्यहि नै हो । जो बहुमतमा छ उहि अध्यक्ष बन्ने भन्दै रुप ज्योतिले आफूलाई अध्यक्ष घोषणा गरेका थिए । त्यस लगत्तै कम्पनी रजिस्टारको कार्यालयले त्यसलाई गैरकानुनी भनेको थियो ।

के के छन् त काण्ड ?

ज्योति समुहका उपाध्यक्ष तथा पूर्वअर्थ सहायकमन्त्री एवं व्यवसायी डा.रुप ज्योतिलाई जग्गा सम्बन्धी पटक पटक ठगीको आरोप लाग्दै आएको छ । डा.ज्योतिलाई बैना गरिसकेर जग्गा नदिएको आरोप लागेको हो ।

भक्तपुरका सुरेन्द्र ताम्राकार र राजेश चिकबन्जारले उनीमाथि ठगीको मुद्धा लगाएका हुन् । उनीहरुले गत साउन २९ गते महानगरीय प्रहरी परिसर ललितपुरमा ठगीको उजुरी दिएका थिए । सो उजुरीमा रुप ज्योतिले ग्वार्कोमा रहेको जग्गा बिक्री गर्ने भनी बैना लिएको तर जग्गा पास नगरी अर्कैलाई पुनःबिक्री गरेको उल्लेख छ । डा. ज्योतिले मुद्धा मामिला नगरी व्यवहार मिलाउन आग्रह गरे पनि पीडित पक्षले भने पटक पटक धोका खाएकाले कानुनी उपचार खोज्ने बताएका छन् ।

डा.ज्योतिले कम्पनीको स्वामित्वमा रहेको जग्गा अत्यन्तै न्यून मूल्यमा आफ्नो निजी स्वामित्वमा ल्याई मोटो रकम राजस्व छली समेत गरेको अनुसन्धानमा देखिएको छ ।

डा.ज्योतिले कम्पनीको स्वामित्वमा रहेको जग्गा अत्यन्तै न्यून मूल्यमा आफ्नो निजी स्वामित्वमा ल्याई मोटो रकम राजस्व छली समेत गरेको अनुसन्धानमा देखिएको छ । उनलाई कारवाहीका लागि समेत माग गरिएको छ । कम्पनीले जग्गा कारोबार गर्दा २५ प्रतिशत राजस्व सरकारलाई तिर्नुपर्छ । व्यक्तिले गर्दा ५ प्रतिशत मात्रै तिरे पुग्छ ।

त्यस्तै, गत असार २५ गते डा.ज्योतिले आफ्ना भतिजाद्वय सौरभ र सुहृद ज्योतिले आफूलाई ठगी गरेको भन्दै महानगरीय अपराध महाशाखा काठमाडौमा उजुरी दिन पुगेका थिए । तर पारिवारिक लेनदेन भएको भन्दै प्रहरीले उजुरी लिन भने मानेन । ज्योति समूहको लगानी ग्राण्डी अस्पतालमा पनि छ । अध्यक्ष पद्म ज्योतिलाई जानकारी नै नदिइकन रुप ज्योतिले सो अस्पतालमा ५० करोड भन्दा बढी रुपैँयाँ रकमान्तर गरेका थिए । लगानी गर्दा अध्यक्षलाई जानकारी गराउनु पर्ने त पास गराउनु पर्ने भए पनि उनले त्यसो गरेनन् । त्यो रकम ऋणकै रुपमा छ जस्मा ठूलो ब्याज पनि फसिसकेको छ । त्यसकारण दाई पद्म ज्योतिको परिवार उनीसँग रुष्ट बनेको छ ।

यसअघि गत कात्तिकमा पनि उनलाई घरजग्गा सम्बन्धी कारोबारमा ठगीको मुद्धा लागेको थियो । व्यवसायी विजेन्द्र मल्लले रुप ज्योतिको कम्पनी ल्याण्डमार्क प्रालिले बैना गरेको घर नदिएको भन्दै ठगीको मुद्दा हालेका थिए । सो कम्पनीले मल्ललाई विक्रि गर्ने भनेर बैना गरेको जग्गा रुप ज्योतिले आफ्नै छोरा र छोरीका नाउँमा अर्को नयाँ कम्पनी खडा गरी आफैँले लिएको थियो ।

सो खबर पाएपछि व्यवसायी मल्लले प्रहरीमा ठगी सम्बन्धी उजुरी दिएका थिए । प्रहरीले डा.ज्योतिलाई विमानस्थलबाट पक्राउ गरेको थियो । पछि आफ्नो समूहकै नाम जोडिएकाले दाई पद्य ज्योतिले व्यवसायी मल्लको ७ करोड रुपैँयाँ पैसा तिर्न तयार भएपछि भाई रुप ज्योती प्रहरीको पञ्जाबाट छुटेका थिए । तर रुप ज्योतिले दाई पद्म ज्योतिलाई सो पैसा पनि फिर्ता गरेका छैनन् ।

बिजेन्द्र मल्ललाई अपहरण गर्ने धम्की

व्यवसायी मल्लकै उजुरीका आधारमा प्रहरीले डा.ज्योतिलाई प्रहरीको खोरमा पुर्याएको थियो । मल्लले उजुरी गरेसँगै डा. ज्योतिमाथि ठगी सम्बन्धी उजुरी गर्ने क्रम बढेको छ । त्यो बेलादेखि नै डा. ज्योतिले मल्लमाथिको रिसीबी साँदेका छन् । मल्लका अनुसार डा. ज्योतिकै कारण उनी असुरक्षित बन्दै गएका छन् । विभिन्न नम्बरबाट धम्कीपूर्ण फोनहरु आउने गरेकाले आफू असुरक्षित भएको मल्लको भनाइ छ । ‘म केही महिना यता असुरक्षित महशुस गरिरहेको छु ।’ व्यवसायी मल्लले भने ।

व्यवसायी मल्लकै उजुरीका आधारमा प्रहरीले डा.ज्योतिलाई प्रहरीको खोरमा पुर्याएको थियो । मल्लले उजुरी गरेसँगै डा. ज्योतिमाथि ठगी सम्बन्धी उजुरी गर्ने क्रम बढेको छ ।

त्यसका साथै उनलाई अपहरण गर्ने धम्की समेत आएको मल्लको भनाइ छ । उनी भन्छन् , ‘मलाई अपहरण गर्ने कुरा जानकारीमा आएको छ ।’ ज्योति परिवार तथा अन्य कसैसँग पनि आफ्नो दुस्मनी नभएको बताउँछन् उनी । अरु कसैले पनि उनलाई धम्की दिन नसक्ने भन्दै आफूलाई केही समस्या भए डा. ज्योति जिम्मेवार बन्नुपर्ने मल्लको भनाइ छ ।

डा. रुप ज्योतिले जग्गाको कारोबारमा तराईका विभिन्न जिल्लाहरुमा पनि यस्ता थुप्रै ठगी गरेको मल्लको भनाइ छ । आफूलाई पनि निकै दुःख दिएको उनले बताए । तर ढिलै भएपनि अदालतले न्याय दिएकोमा उनी खुशी छन् ।

यो पनि 

ज्योति समूहमा सम्पत्ति विवादको अन्तर कथा: के हो ग्राण्डी सिटी अस्पतालको विवाद ?

 

धर्मपुत्रीको आगमनले कसरी भयो पारिवारिक विखण्डन ?

Skip This
Logo