कोभिड अस्पतालमा सङ्क्रमितबाट शिशुको जन्म

कोभिड अस्पतालमा सङ्क्रमितबाट शिशुको जन्म


धरान ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा एक कोरोना सङ्क्रमितले स्वस्थ शिशु जन्माएकी छिन् । झापा बिर्तामोडकी २९ वर्षीया गर्भवतीको शल्यक्रियामार्फत बिहीबार छोरी जन्माएकी हुन् ।

उनलाई असोज १२ गते सङ्क्रमण पुष्टि भएको थियो । बिपी प्रतिष्ठानमा उनलाई असोज १४ गते भर्ना गरिएको शल्यक्रियामा संलग्न डा मनोजकुमार साहले जानकारी दिए । साहसहित डा अस्मिता पाठक, एनेस्थेसियाका विभागका डा जगतप्रसाद, डा सहज पौडेल र नर्स गोमाको टोलीले उनको सफल प्रसूति गराएको थियो ।

अहिले आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको प्रतिष्ठानका उपकुलपतिका प्रेस संयोजक शिशिर राईले आज जानकारी दिए। एक महिनाअघि पनि प्रतिष्ठानको कोभिड अस्पतालमा सङ्क्रमितले शिशु जन्माएकी थिइन् । ती आमा र शिशुको अवस्था पनि सामान्य रहेको बताइएको छ ।रासस

Skip This
Logo