नेपालमा आज मात्र ११ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा आज मात्र ११ जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ । आज मात्र ११ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा आज १ हजार ६३८ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १ हजार २८०, भक्तपुरमा १९६ र ललितपुरमा १६२ जना थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै काठमाडौंमा २१ हजार ६७३, ललितपुरमा २ हजार ६८७ र भक्तपुरमा २ हजार ३८१ संक्रमित पुगे । अब काठमाडौं उपत्यकामा संक्रमितको संख्या २६ हजार ७४१ पुगेको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ६० हजार ६९६ पुगेको छ । आज निको हुनेको संख्या ३ हजार ३०७ छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । आज २ हजार ७२२ जना थपिएका छन् ।

आजको पिसिआर परिक्षण १४ हजार ७३९ रहेको छ । आज २१ हजार २३४ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo