भालुको आक्रमणबाट ८० वर्षीया वृद्धा घाइते

भालुको आक्रमणबाट ८० वर्षीया वृद्धा घाइते


सोलुखुम्बु । भालुको आक्रमणवाट एक वृद्धा घाइते भएकी छन् । सोलुदुधकुण्ड नगरपालिका-६ खोरियाकी ८० वर्षीया वृद्धा बिमाया नेवार भालुको आक्रमणवाट गम्भीर घाइते भएकी हुन् ।

आज सोमबार बिहान उनलाई बाटोमा नै भालुले आक्रमण गरेको सोलुदुधकुण्ड नगरपालिका-६ का वडा अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । अहिले उनको सोलु अस्पताल फाप्लुमा उपचार भइरहेको छ ।

केही दिन अघि मात्र महाकुलुङ गाउँपालिका ३ छेस्कामका प्रेम कुलुङको भालुको आक्रमणवाट ज्यान गएको थियो । साथै अन्य ४ जना घाइते भएका थिए ।

Skip This
Logo