विद्यार्थीको सफलता नै कलेजको सफलता : हिमालयन ह्वाइटहाउस कलेज (भिडियो)

विद्यार्थीको सफलता नै कलेजको सफलता : हिमालयन ह्वाइटहाउस कलेज (भिडियो)


काठमाडौं ।

सबल र सक्षम नागरिक उत्पादन गर्ने उद्धेश्यका साथ विगत २० बर्षदेखि अनवरतरुपमा उत्कृष्ट नतिजा प्रदान गर्दै आइरहेको शैक्षिक संस्था हो, हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज । अमेरिकी शैक्षिक अवधारणा अनुरुप संचालित यस कलेजमा विदेशी प्रोफेसर एवं विषय विज्ञहरुद्वारा अध्ययन अध्यापन हुँदै आएको छ ।

आफ्ना विद्यार्थीहरुलाई क्षमतावान बनाउनका लागि यस कलेजले कक्षा ११ देखि नै प्रि–मेडिकल र प्रि–इन्जिनेरिङ कक्षाहरु सञ्चालन गर्दै आएको छ । जसले गर्दा यहाँका विद्यार्थीहरुले इन्ट्रान्स परीक्षाहरुमा सहजै नाम निकाल्ने गरेका छन् ।

त्यस्तै, म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरुलाई पनि डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन लगायत अन्य कक्षाहरु सञ्चालन गर्दै आएको छ । आफ्नो कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई दुई वर्ष भित्रै पूर्ण क्षमतावान बनाउने लक्ष्यसहित यस कलेजले विभिन्न अतिरिक्त कार्यक्रमहरु पनि संचालन गर्दै आएको छ ।

कोभिड १९ को संक्रमणसँगै यस कलेजले विद्यार्थीहरुलाई प्रभावकारी ढंगबाट अनलाइन क्लास संचालन गर्दै आएको छ । नयाँ कक्षा ११ मा भर्ना हुने नयाँ विद्यार्थीहरुका लागि विभिन्न किसिमका छात्रवृत्तिको व्यवस्था गरेर भर्ना सञ्चालन गरिरहेको छ ।

‘विद्यार्थीहरुको सफलता नै कलेजको सफलता’ भन्ने मूलमर्मलाई आत्मसाथ गर्दै अघि बढीरहेको यस कलेजले विद्यार्थीहरुको उज्जवल भविष्यका लागि भरपुर लगानी गरिरहेको छ । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, शरद भेस्वाकर, डा. विशाल ज्ञवाली, नायिका केकी अधिकारी र चर्चित उद्यमी बिपुल काव्रा यसै कलेजका उत्पादन हुन् ।

१५ रोपनी क्षेत्रमा फैलिएको यस कलेजमा अत्याधुनिक सुविधा सम्पन्न शिक्षामैत्री भौतिक संरचनाहरु उपलब्ध छन् । साइन्स तथा कम्प्युटर ल्यावदेखि यातायात, क्यान्टिन, लाइब्रेरी लगायतको राम्रो सुविधा रहेको यस कलेजले पढाईका साथै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकताका साथ अघि बढाएको छ ।

उचित शैक्षिक वातावरण, सर्वोत्कृष्ट नतिजा र विद्यार्थीहरुको सफलताकै कारण हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज नेपालकै उत्कृष्ट टप १० कलेजमा पर्न सफल भएको हो । जहाँ प्लस टु का साथै स्नातक र मास्टर लेभलको अध्ययन अध्यापन हुँदै आएको छ ।

Logo