बलात्कार गरी हत्या गरेको अभियोगमा पक्राउ

बलात्कार गरी हत्या गरेको अभियोगमा पक्राउ


बझाङ । १२ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको अभियोगमा मष्टा गाउँपालिका-२ खिकाला बस्ने २० वर्षीय राजेन्द्र बोहरालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

गत बुधबार बेलुका बोहराले गोरू पुर्‍याउन भनी आफ्नो घरबाट छाना (गोठ)मा गएकी ती बालिकालाई मष्टा गाउँपालिका-२ स्थित शिवमाण्डौ मन्दिरभित्र बलात्कार गरी हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न बोहरालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

साथै राजेन्द्रले १३ वर्षीया बालिकालाई घट्टामा पिठो लिन गएको अवस्थामा गत साउन २९ गते साँझ बलात्कार गरेको सम्बन्धमा समेत अनुसन्धान भइरहेको छ ।  उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बझाङबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Logo