ज्योति समूहमा सम्पत्ति विवादको अन्तर कथा: के हो ग्राण्डी सिटी अस्पतालको विवाद ?

ज्योति समूहमा सम्पत्ति विवादको अन्तर कथा: के हो ग्राण्डी सिटी अस्पतालको विवाद ?


काठमाडौं । नेपालको व्यवसायिक जगतमा चर्चित ज्योति समूहभित्र देखिएको सम्पत्ति विवाद चर्किंदै जाँदा थप रहस्यहरू खुल्ने क्रम जारी छ । पैत्रिक सम्पत्ति वाँडफाँडका क्रममा देखिएको विवादको जरो खोतल्ने क्रममा केन्द्रबिन्दुले ज्योति भवनमै संचालित ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल प्रालिभित्र लुकेको तथ्य फेला पारेको हो ।

रुप ज्योतिद्वारा संचालित यस हस्पिटल अनुमतिबिना नै संचालन भइरहेको तथ्य फेला परेको हो । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र जिल्ला जनस्वास्थ्य कार्यालयमा बुझ्दा सो अस्पतालले कानुन बमोजिम अनुमति प्राप्त नगरेको पाइएको हो । त्यसो त अस्पतालको वैधानिकतामाथि प्रश्न उठाउँदै संचालन सम्बन्धी सम्पूर्ण कागजातहरु पेश गर्न अस्पताललाई निर्देशन समेत दिईएको छ । (हेर्नुहोस् डकुमेन्टहरू)

भाडाको लहरो तान्दा वैधानिकताको पहरो 

ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल संचालन भएको भवनको केही भाग दाई पद्य ज्योतिको हो । तर, भाईले आफूलाई वर्षाैदेखि भाडा नदिएको उनको आरोप छ ।

पटक पटक हस्पिटल संचालन वापतको भाडा मागेपनि नदिएपछि उनले आफ्नो भवन खाली गर्न अनुरोध गरेका थिए । पटक पटक म्याद दिएर आफ्नो भवन खाली गर्न आग्रह गर्दा पनि बहानाबाजी गरेपछि उनी प्रशासनमा समेत पुगेको थिए ।

त्यसपछि पनि समस्या समाधान नभएपछि उनले विज्ञप्ति नै जारी गरेर आफ्नो भागको भवन खाली गरिदिन आग्रह गरेका छन् । सो हस्पिटलमा ठूलो रकम कर्जा र लगानी भनी आफुलाई र बोर्डमा कुनै जानकारी वा स्वीकृति नलिई अवैध रकमान्तर गरेको फेला पारेपछि अध्यक्ष ज्योतिले गत श्रावणमा रुप ज्योतिलाई पत्र लेखेका थिए ।

भाई रुप ज्योतिले पनि एक विज्ञप्ती जारी गर्दै दाई पद्म ज्योति पनि सो अस्पतालको शेयरधनी भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा उनले ‘आफै साझेदार रहेको अस्पतालका विषयमा यस्तो विज्ञप्ती जारी गरेकोमा अस्पतालले खेद प्रकट गर्दछ’ भनेका छन् । तर, पद्म ज्योतिले भने सो रुप ज्योति र मिला सायमीद्वारा संचालित हस्पिटल आफू र आफ्नो परिवारको कुनै पनि सदस्यको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

सो हस्पिटलमा पुरानो स्याकार कम्पनीको केही लगानी देखाइएको छ । स्याकर कम्पनीबाट हस्पिटलमा लगानी नगर्न भन्दा भन्दै पनि रुप ज्योतिले कुनै जानकारी र स्वीकृतिबिना जबर्जस्ती रकमानान्तर गरेको कुरा पद्म ज्योतिले धेरैपछि थाहा पाएको जानकार लेखापालहरूको भनाइ छ ।

हस्पिटलमा लगानी गरेको सबै कम्पनीहरूमा रुप ज्योतिका मात्रै मान्छे छन् । पुरानो स्याकार कम्पनीमा रुप ज्योतिका आफ्नो मान्छेहरूको वाहुल्यता छ ।

यसैकारण हस्पिटलमा लगानी गरेको विषयमा आफूलाई थाहा नदिइएको उनको भनाइ छ। हस्पिटलको विषयमा आफूलाई कुनै पनि चासो नभएको पनि उनको भनाइ छ।

रुप ज्योतिले अस्पतालका लागि प्रयोग भएको दाई पद्म ज्योतिको भवनको भाडा समेत तिरेको दाबी गरेका छन् । उनले विज्ञप्तीमा २०७७ भदौ मसान्तसम्मको १ करोड ३४ लाख ४० हजार रुपैँया तथा थप ३ करोड २ लाख २१ हजार ७ सय ५० रुपैँया तथा बहालबापतको पेश्की गरी ४ करोड ३६ लाख ६१ हजार ७ सय ५० रुपैँया भूक्तानी गरेको उल्लेख छ ।


केन्द्रबिन्दुलाई प्राप्त स्रोतका अनुसार यस विषयमा अडिटरले गहन अध्ययन गर्दा भाडावापतको रकम जम्मा नभएको पाइएको छ ।

ज्योति  भवनका दुई भवनमध्ये रुप ज्योतिले उपभोग गर्दै आएको आफ्नै भागको कित्ता नम्बर २३०९ को घर बहाल आफैंले संचालन गर्ने खातामा जम्मा गरेको जस्तो गरेर उक्त रकम निकालेको जस्तो देखिन्छ तर पद्म ज्योतिको भवन रहेको कित्ता नम्बर २३१० लाई बुझाउने भनिएको घर बहाल बुझाएको कुनै प्रमाण नपाइएको अडिटर स्रोतले समेत जानकारी दिएको छ । कम्पनीकै लेखापालहरूले पनि यो अल्मल्याउने काम मात्रै गरेको बताएका छन् । यो विषयले ज्योति समूहको सम्पत्ति विवाद थप चुलिएको छ ।

ज्योति समूहभित्रका दुई ठूला कम्पनी स्याकार ट्रेडिङ कम्पनी (एसटिसी) र नेपाल जनरल मार्केटिङ (एनजिएम) बाहेक अन्य सबै कम्पनीमा सेयर साझेदार र लगानीको ढाँचा लगभग एउटै जस्तो छ । हिरो र होण्डा एक आपसमा छुट्टिएको वर्षौँ भयो ।

होण्डा मोटरसाइकलको अधिकृत बिक्रेता स्याकार ट्रेडिङमा पद्म ज्योतिका छोरा सौरभ ज्योति र सुहृद ज्योति शेयरधनीका रुपमा रहेका छन् । त्यस्तै, हिरोको अधिकृत बिक्रेता नेपाल जेनरल मार्केटिङमा रूप ज्योतिका शेयरधनी छोरा अभिक ज्योति तथा छोरी सुरुचि ज्योतिले संचालन गरिरहेका छन् ।

ज्योति ग्रुपमा सम्पत्ति विवादको अन्तर कथा : कम्पनी रजिस्टारले रुप ज्योतिलाई सोध्यो स्पष्टीकरण

त्यसबाहेकका ज्योति समूहका कम्पनीमा दाई पद्य ज्योति, भाई रुप ज्योति तथा बहिनी कमला कंसाकारका नाममा तीनै जनाको बराबर तीन हिस्सा रहेको छ ।

४० वर्ष पहिले अंशवण्डा भइसकेको ज्योति परिवारमा कम्पनीको शेयर र सम्पत्ति पनि छुट्याएर बाँडफाँडको तयारी करिव १५ वर्ष अघि नै भएको थियो । तर, रुप ज्योतिले कुरा फेर्ने गरेकाले अझैसम्म पनि कम्पनी बाँडफाँड हुन नसक्दा समस्यामाथि समस्याको चाङ लाग्दै गएको देखिन्छ ।

कम्पनी बाँडफाँडका निम्ती उनीहरु सम्बद्ध गुठीले पहल गरे पनि रुप ज्योति समुह उक्त  बाँडफाँडका निम्ती तयार नदेखिएको गुठीका सदस्यहरु बताउँछन् । ‘एकपटक सबैलाई एक एक तिहाई भागवण्डा लगाउने भनेर सहमति भयो, अडिटर समेत राखि त्यो प्रकृया पुरा हुन ६ महिना लागेको थियो’ गुठी सदस्यले भनें, ‘तर अन्तिममा आएर रुप ज्योतिले उक्त अंशवन्डा आफुलाई मान्य नभएको र अब ज्योति समुहका सबै कम्पनी आफैं संचालन गर्ने जिकिर गरे ।’

यो पनि 

धर्मपुत्रीको आगमनले कसरी भयो पारिवारिक विखण्डन ?

ज्योति समुह विवाद : जग्गामा ठगीदेखि बिजेन्द्र मल्ललाई अपहरणको धम्कीसम्म रुप ज्योतिको संलग्नता

Logo