आइपिएलमा चेन्नईमाथि दिल्लीकाे सहज जित

आइपिएलमा चेन्नईमाथि दिल्लीकाे सहज जित


नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लगातार दोस्रो जित दर्ता गरेको छ ।

शुक्रबार राति दुबईको अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा दिल्लीले  महेन्द्रसिंह धोनीको टिम चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गरेको हो ।

जितका लागि १७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको क्षतिमा १३१ रनमा सिमित भयो ।

स्पिनर अक्षर पटेलले पाँचौं ओभरको दोस्रो बलमा शेन वाटसनलाई १४ रनमा शिम्रन हेटमायरबाट क्याच आउट गराए । छैटौं ओभरको अन्तिम बलमा मुरली विजयलाई एनरिच नोर्टजेले कागिसो रबाडाबाट १० रनमा क्याच आउट गराए । १० औं ओभरको पहिलो बलमा युवा ब्याट्सम्यान रितुराज ५ रनमा आउट भए ।

१६ औं ओभरको चौथो बलमा नोर्टजेले केदार जाधवलाई २६ रनमा एलबिडब्लू आउट गरे । १८ औं ओभरको दोस्रो कागिसो रबाडाले फाफ डु प्लेसिसलाई पन्तबाट ४३ रनमा कयच आउट गराए । फाफ ८ डु प्लेसिसले ३५ बलमा ४ चौका प्रहार गरे । अन्तिम ओभरको तेस्रो बलमा महेन्द्रसिंह धोनीलाई रबाडाले १५ रनमा क्याच आउट गराए ।

रविन्द्र जडेजा १२ रनमा क्याच आउट भए । अक्षर पटेलले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । एनरिच नोर्टजेले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि सन्दीपको टिम दिल्लीले २० ओभरमा ३ विकेटको क्षतिमा १७५ रन बनाएको थियो । दिल्लीका लागि ओपनर पृथ्वी शाले ६४ रनको अर्धशतकीय इनिङ्स खेले ।

अर्का ओपनर शिखर धवनले ३५ रन जोड्दा पहिलो विकेटका लागि उनीहरुले ९४ रनको साझेदारी गरेका थिए । दिल्लीका लागि ऋषब पन्तले ३७ र कप्तान श्रेयस आयरले २६ रन बनाए । चेन्नईका पियुस चावालाले २ र साम करनले एक विकेट लिए ।

Skip This
Logo