‘क्यानडामा पनि कोभिड-१९ संक्रमण दोस्रो चरणमा’ : प्रधानमन्त्री

‘क्यानडामा पनि कोभिड-१९ संक्रमण दोस्रो चरणमा’ : प्रधानमन्त्री


क्यानडा ।

क्यानडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण शुरु भएको बताइएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले सो कुरा बताएका हुन् । उनले क्यानडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण प्रवेश गरेको जानकारी दिएका हुन् ।

उनले यहाँको राष्ट्रिय टेलिभिजनमार्फत् गरेको सम्बोधनका क्रममा भनेका थिए – ‘क्यानडामा पनि यस संक्रमणको महामारी दोस्रो चरणमा प्रवेश गरेको छ ।’

उनले यहाँ दोस्रो चरण अर्थात् ‘सेकेन्ड वेब’ शुरु भइसकेको र अब देशमा यसको असर देखिन सक्ने भन्दै यसका लागि आवश्यक सतर्कता अपनाउन सबै देशबासीलाई आग्रह पनि गरे।

क्यानडामा हाल १ लाख ४७ हजारभन्दा बढी नागरिकमा यो सङ्क्रमण देखिएको छ । बीचमा यसको प्रकोप घटेको देखिएको भए पनि पछिल्ला केही हप्ताहरुमा यसका संक्रमित थपिएका छन् ।

यहाँका जनस्वास्थ्य विज्ञहरुले पनि क्यानडामा दोस्रो चरणको संक्रमण शुरु भएको बताएका छन् । यहाँका अधिकारीहरुको तथ्यांक अनुसार गएको हप्तामात्र यहाँ सात हजार ५०० भन्दा बढी सङ्क्रमित देखिएका बताइएको छ ।रासस

Logo