डेपुटी गभर्नर श्रेष्ठसहित राष्ट्र बैंकका ७ जनालाई कोरोना पुष्टि

डेपुटी गभर्नर श्रेष्ठसहित राष्ट्र बैंकका ७ जनालाई कोरोना पुष्टि


काठमाडौं ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठसहित राष्ट्र बैंकका ७ जना उच्च अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

डेपुटी गभर्नर शिवराज श्रेष्ठ र राष्ट्र बैंक सुपरभिजन विभागका ६ जना उच्च अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको राष्ट्र बैंक स्रोतले जनाएको छ । ‘डेपुटी गभर्नर ज्युसहित ७ जनालाई कोरोना पुष्टि भएको छ ।’ राष्ट्र बैंक स्रोतले भन्यो । श्रेष्ठका सवारी चालकलाई पनि कोरोना पुष्टि भएको छ ।

राष्ट्र बैंकका उच्च अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएपछि गभर्नर महाप्रसाद अधिकारी लगायत उच्च अधिकारीहरु कन्ट्रयाक्ट ट्रेसीङमा परेका छन् । त्यसका साथै राष्ट्र बैंकमा उच्च सतर्कता अपनाइएको छ । केहि समय अघि गभर्नर अधिकारी कोरोनाको आशंकामा भैंसेपाटीस्थित आफ्नै निवासमा क्वारेन्टिनमा बसेका थिए । यसअघि बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो ।

Logo