कोरोना सङ्क्रमणबाट सिरहामा थप एक जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट सिरहामा थप एक जनाको मृत्यु


सिरहा ।
कोरोना सङ्क्रमणबाट सिरहामा बुधबार थप एक पुरुषको मृत्यु भएको छ ।

कोरोना सङ्क्रमण भई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सिरहा, गोलबजार नगरपालिका–१ निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

गोलबजार नगरपालिका स्वास्थ्य शाखा प्रमुख सरोज कर्णका अनुसार मस्तिष्कघातका साथै टाउको दुख्ने जस्ता समस्या देखिएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो ।

त्यहाँ कोरोना परीक्षण गर्दा मङ्गलबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएपछि नलाई थप उपचारका लागि बीपी कोइराला प्रतिष्ठानमा रेफर गरिएको थियो । त्यहाँ उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य प्रमुख कर्णले बताए। यससँगै कोरोना सङ्कमणबाट सिरहामा मृत्यु हुने १२ जना पुगेका छन् ।

Logo